Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
धनगढीबाट अायो चोर लुटेराहरूकाे यस्तो दुःखद खबर – Rabin's Blog
Saturday, April 27, 2024

धनगढीबाट अायो चोर लुटेराहरूकाे यस्तो दुःखद खबर

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुट्ने लुटेरालाई प्रहरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुले लुटेको साढे ९ लाखमध्ये साढे ५ लाख नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई आज सार्वजनिक गरिएको हो । योजनाकार सहित संग्लन ५ जना, पेस्तोल, मोटरसाईकल, साढे ५ लाख रकम पनि सार्वजनिक गरिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षिय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र उनीसँगै धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश राना र मुख्य योजनाकारण धनगढी उपमहानगरपालिका ६ का राजकुमार चौधरीलाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

यस्तै घटनामा प्रयोग भएको बा ४० प ४४३८ नम्बरको नक्कली नम्बर प्लेट राखिएको मोटरसाईकल, गोली हानिएको पेस्तोल र लुटिएको मध्येको साढे ५ लाख ४८ हजार ६ सय रुपैया समेत सार्वजनिक गरिएको हो । गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले विभिन्न घटना घटाएको समेत प्रहरीले जनाएको छ ।\

घटनामा संलग्न भई आई एमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन । यस्तै अर्का उग्रसेन राना पनि डाँका चोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जिवन बिताई सकेका व्यक्ती हुन । योजनाकार राजकमाुर चौधरी पनि हातहतियार खरखजाना मुद्धामा ७५ जना कारगार वेसर २०६५ सालमा छुटेका व्यक्ती हुन् ।

यो गिरोहले केहि बर्ष अघि कञ्चनपुरको डोकेबजारका एक व्यापारीसंग पनि साढे ३ लाख रकम लुटेको थियो भने रकम लुटपाटकै योजनाका क्रममा गौरीफन्टाका एक व्यापारीको हत्यामा पनि यिनिहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले कञ्चनपुरमा छोटी भन्सार कार्यालय लुटपाटमा पनि यहि गिरोहको हात रहेको दावी गरेको छ ।दिनेशखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *